+
Search

ताजा अपडेट +

पपुलर +

आइतबारे बिदा असार १ गतेबाट हटाउने सरकारको निर्णय 

Nepal Government
डबली खबर
४ साल अगाडी

काठमाडौं – सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।  ‘असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा हट्यो’, उनले भने।

सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। तर दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो।

हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिट निवेदनमाथि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । मन्त्री खतिवडाका अनुसार मन्त्रिपरिषद्को बैठकले सेना र प्रहरीमा पदोन्नतिको केही निर्णय पनि गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ