२०७९, २६ श्रावण बिहीबार

बाल विकासमा अधिकारी

डबली खबर     जेष्ठ २२ २०७९ २०:२१

Diyo Pathshala Montessori

नुवाकोट – नेपाल राष्ट्रिय प्रारम्भिक बाल बिकास विदुर नगर समितिको अध्यक्षमा शोभा अधिकारी सर्वसम्मत चयन भएकी छिन् ।

आईतबार भएको एक भेलाले बाल बिकास नगर समितिमा अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति यचन भएको छ ।

समितिको उपाध्यक्षमा अप्सरा गजुरेल, सचिवमा दुर्गा पाण्डे, सहसचिवमा तुलसा रिमाल र कोषाध्यक्षमा रीता थपलिया चयन भएकी छिन् ।

यस्तै, सहकोषाध्यक्षमा सन्तोषी केसी, सदस्यमा गोमा चित्रकार र सरीता नेपाल रहेकी छिन् ।

शुक्रबार समितिले आ.ब २०७८/०७९ को बजेटमा उल्लेख भए बमोजिम स्थानीय तहले ब्यहोर्नु पर्ने न्यूनतम पारिश्रमिक तलब सात हजार निशर्त रुपमा उपलब्ध गराइ २०७९/८० को बजेटमा उल्लेख भए अनुसार अन्य सरकारी राष्ट्रसेवक सरह १५ प्रतिशत तलब भत्ता वृद्धि गरि पारिश्रमिक उपलब्ध गराउन विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top