२०८१, १४ बैशाख शुक्रबार

पदभारकै दिन वडाध्यक्ष ढुङ्गेलको चार सामाजिक कार्य

डबली खबर     जेष्ठ १२ २०७९ ०८:५७

bidur ward 4 chairman nilam dhungel soical work
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – स्थानीय तह सदस्यमा निर्वाचित विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले आफ्नो पदभारकै दिन व्यक्तिगत खर्चमै सामाजिक कार्यको सुरुवात गरेका छन् ।

जननिर्वाचित भएपछि नागरिकको समस्यालाई तत्काल कार्यन्वयन गर्न आफ्नो व्यक्तिगत खर्चबाट चार कार्य गरेको उनले बताए ।

वडा क्षेत्रका विदुरस्थित सिमचौर निवासी पृथ्वी माध्यमिक विद्यालयमा अध्यनरत दुई विद्यार्थीको चालु शैक्षिक सत्रमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने उनले बताए । पूर्वप्राथमिक तह एलकेजीमा अध्यनरत छात्र प्रतिक मिजार र प्राथमिक तहमा कक्षा ४ मा अध्ययनरत छात्रा प्रतिक्षा मिजारको एक वर्षको खर्च व्यहोर्ने उनले बताए ।

पदभारकै दिन उक्त स्थानकै दुवै मृगौला खराबी भएका बिरामी लक्ष्मी मिजार र मुटुरोगीका बिरामीको उपचारको लागि व्यक्तिगत रुपमै जनही १०/१० हजार रुपैंयाँ आर्थिक सहयोग गरेका छन् । मुटुरोगीका बिरामीको लागि सरकारबाट प्रदान गरिने विपन्न नागरिक औषधि उपचारको लागि वडाबाट सिफारिस समेत उपलब्ध गराई दिने बताए ।

यस्तै, उनले विदुर पितृमोक्ष धाम क्रियापुत्री कल्याणकारी संस्थालाई कार्यालय सञ्चालनको लागि आवश्यक प्रशासनिक टेबल प्रदान गरेका छन्। विदुर २ र ४ को संयुक्तरुपमा निर्माण भएको किरियापुत्री भवनको कार्यालय सञ्चालनको लागि आवश्यक टेबल संस्थाका अध्यक्ष दिपक तिमिल्सिनालाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top