+
Search

ताजा अपडेट +

पपुलर +

ह्विलचेयरमा मतदान केन्द्रमा पुगिन् राममाया

rammaya voted local level eleciton 2079 tamang in nuwakot campus
डबली खबर
३ साल अगाडी

विदुर – स्थानीय तह सदस्य निर्वाचन २०७९ मा वृद्धवृद्धा, अशक्तहरु, गर्भवती महिला पनि परिवारका सदस्यहरुको सहारामा मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् ।

यसैक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का राममाया तामाङ ह्विलचेयरमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेकी छिन्। हिँडडुल गर्न नसक्ने ८० वर्षीया तामाङलाई छोरा स्थानीय तहको निर्वाचनमा मतदान गर्न ल्याएका हुन्।

उनको साटो उनका छोराले नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा मतदान केन्द्रबाट मतदान गरिदिएका छन् । उनको मतदाता नम्बर ४१४१७०४ रहेको छ।

वडा नम्बर ४ को लागि क्याम्पसमै तीन मतदान केन्द्र तोकिएको थियो । जसमा पुरुष १ हजार २ सय २० र महिला १ हजार ३ सय ४६ गरी कुल २ हजार ५ सय ६६ मतदाताले आज मतदान गरिरहेका छन् । विदुर नगरपालिकाका ४४ हजार १ सय ७९ मतदाताले ५४ मतदान केन्द्रबाट मतदान गर्दैछन्।

बिहान ७ बजेदेखि नै मतदाताहरु मतदान केन्द्र पुगेर लाइनमा बसेका थिए । ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ