२०८१, १३ बैशाख बिहीबार

निर्वाचन आचारसंहित विपरीत झुण्ड्याइएको दलका प्रचारप्रसार सामग्री हटाइयो

डबली खबर     बैशाख २७ २०७९ ०९:५१

nirvachan acharsamhita nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचानका लागि राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार सामग्रीहरु निर्वाचन आयोगले सुरक्षाकर्मी लगाएर हटाईएका छन् ।

निर्वाचन अनुगमन समितिले सोमबार विदुर नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार सामग्रीहरु राखिएको सामग्री हटाउन सुरु गरेको समितिका अध्यक्ष तथा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताए ।

उनका अनुसार राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरित टाङ्गेका फ्लेक्स ब्यानर, तोरण, झण्डा र पोष्टरहरु हटाउन सुरु गरेको छ । पटक–पटक राजनीतिक दलहरुलाई आचारसंहिता विपरित टाङ्गिएका र टाँसिएका ब्यानर, पोष्टर हटाउन आग्रह गरेपनि दलहरुले चासो नदेखाएपछि नेपाल प्रहरी र म्यादी प्रहरीको सहयोग लिएर विदुरको बजार क्षेत्र र सार्वजनिक स्थलमा राजनीतिक दलहरुले टाङ्गेका र टाँसेका निर्वाचन प्रचार प्रचारका सामग्री हटाउन थालेको उनले बताए ।

निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ (ज) मा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top