२०८१, ८ बैशाख शनिबार

लुम्बिनी विकास बैंकको बट्टारमा नयाँ शाखा

डबली खबर     बैशाख २१ २०७९ १३:५८

Lumbini Bikas Bank Ltd. Battar Branch
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – लुम्बिनी विकास बैंक लिमिटेडले नुवाकोटको बट्टारमा नयाँ शाखाको शुभारम्भ गरेको छ । बैंकले बुधबार विदुर नगरपालिका वडा नं. २ बट्टारमा आफ्नो ८१औं शाखाको रूपमा बट्टार शाखा कार्यालयको उद्घाटन गरेको हो ।

शाखा कार्यालयको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की र बैंकका निर्देशक चिन्तामणि भट्टराईले संयुक्त रुपमा गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य संघका अध्यक्ष कार्कीले कर्मचारी व्यवस्थापनमा स्थानीय लगानीलाई प्रोत्साहन र मानवस्रोतलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा बैंकका निर्देशक भट्टराईले बैंक आत्मनिर्भर रहन उत्तरदायी बैंकिङ गर्नुपर्ने बताए । घरजग्गा घडेरीमा बैंकले लगानी कम गरी वातारणीय सुरक्षा समेतमा टेवा पुर्याउने उत्पादनमूलक क्षेत्र, कृषि र मानवस्रोत प्रोत्साहनमा बैंकले सुरक्षित लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बैंकलाई सुसुशित प्रविधिमैत्री लगानी गरिरहेको बताए। बैंकको ३१ जिल्लामा कार्यक्षेत्र, ८१ वटा शाखाहरु र ३ अर्ब २८ करोड शेयरपुँजी रहेको जानकारी दिए । बैंकले आजनै काठमाडौंको कलंकीमा एकैसाथ आफ्नो ८०औं शाखाको शुभारम्भ गरेको उनले जानकारी दिए ।

बैंकका शाखा प्रबन्धक विश्वम्भरमान सिहंले ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गरिने बताए ।

बैंकले यसघि नुवाकोटको ढिकुरे र देवीघाट शाखाबाट बैंकिङ कारोबार गर्दै आईरहेको थियो । यो संगै बैंकको जिल्लामा तीन शाखा रहेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top