२०७९, २० माघ शुक्रबार

भैरमकोटमा दाजु, भाई र बहिनीबीच चुनावी भिडन्त

पुरुषोत्तम रिजाल     बैशाख १८ २०७९ २२:५८

three family members election candidate from bhairamkot bidur nuwakot
Diyo Pathshala Montessori

नुवाकोट – स्थानीय तह सदस्य निर्वाचन २०७९ मा विदुर नगरपालिका वडा नं ८ भैरमकोटमा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतिस्पर्धीहरु एकै आमाबुबाका तीन सन्तान हुन् भने उनीहरुले प्रतिनिधित्व गर्ने पार्टी भने फरक फरक छन् ।

निर्वाचन अधिकृतको कार्यालय विदुर नगरपालिकामा दर्ता भएको उम्मेद्बारीमा वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजुबहिनीहरुमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनकातर्फबाट नेपाली काङ्ग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल रहेका छन् ।

आमाबुबाको पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माईला हुन् भने विवाहित देवकुमारी कान्छी (एक्ली) छोरी हुन् । उनको सोही वडामै खड्का परिवारमा विवाह भएको थियो।

एकै परिवारबाट फरक फरक पार्टीबाट चुनावमा वडामै मित्रवत प्रतिस्पर्धा हुनुलाई रोचक रुपले लिईएको छ। दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका वडा नं ८ मा कुल ३ हजार ३३८ मतदाता रहेका छन् ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top