२०८१, ६ बैशाख बिहीबार

राप्रपा अध्यक्ष लिङ्देन भोलि नुवाकोट आउँदै

डबली खबर     बैशाख १५ २०७९ १९:५९

Rajendra Lingden RaPraPa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ढिकुरे – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भोलि वैशाख १६ गते शुक्रबार नुवाकोट आउने भएको छ ।

पार्टीले आयाेजना गरेकाे चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेन्धन गर्न लिङ्देनसहित केन्द्रीयस्तरका नेताहरु नुवाकोट आउन लागेका हुन् ।

चुनावी सभालाई पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री भुवन पाठक, ज्ञानेन्द्र शाही, रेखा थापा, दिपक राई लगायतका नेताहरूले सम्बोधन गर्ने राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले जानकारी दिए ।

नुवाकोटको लिखु गाउँपालिकाको ढिकुरे र ककनी गाउँपालिकाको ककनीमा हुने राप्रपा नुवाकोटका सचिव दिपेश पाण्डेले जानकारी दिए ।

राप्रपाले आयोजना गरेको आमसभालाई जिल्लाका अन्य राजनीतिक दलहरुले निकै चासोका साथ हेरेका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top