२०८१, ७ बैशाख शुक्रबार

एमाले विदुरमा १५ सय ५१ जनाको निर्वाचन परिचालन कमिटी गठन

डबली खबर     बैशाख १३ २०७९ १७:४९

communist party uml nuwakot bidur municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) विदुर नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

नेकपा एमाले नुवाकोटको कार्यालयमा भएको भेलाले विदुर नगर कमिटीका अध्यक्ष नविन प्रधानको संयोजकत्वमा १ हजार ५ सय ५१ जनाको मूल निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीले निर्वाचन परिचालनको लागि मूल निर्वाचन परिचालन कमिटीको मातहतमा रहने गरी ६ उपसमिति गठन गरेको छ ।

निर्वाचनमा आफ्ना चुनावी प्रचारप्रसारलाई शसक्त पार्न प्रचारप्रसार उपसमितिमा अनुजकुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

आर्थिक उपसमितिमा राजकुमार केसी र व्यवस्थापन उपसमितिमा मनोज अधिकारीलाई जिम्मेवारी दिईएको छ।

राष्ट्रिय युवा संघ नेपालको समन्वयमा मोबाईल टोलि उपसमिति गठन गरिएको छ । चुनावी अभियानमा सघाउ पुर्याउने उदेश्यले युवा संघको जिल्ला संयोजक प्रज्वल सापकोटाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ।

चुनावी कार्यक्रममा सल्लाह र निर्देशन प्रदान गर्न पार्टी उपाध्यक्ष बुद्धि प्रधानको संयोजकत्वमा अनुगमन तथा निर्देशन उपसमिति गठन गरेको छ। निर्वाचनलाई थप व्यवस्थित गर्न रामशरण प्याकुरेलको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरेको छ ।

निर्वाचनसंग सम्बन्धित कार्यक्रमका गतिविधिहरुको श्रव्यदृश्य सम्पादन र प्रसारण गर्नका लागि मिडिया डेस्क स्थापना गरिएको प्रचारप्रसार उपसमितिका संयोजक अनुजकुमार श्रेष्ठले जानकारी दिए । साथै मेयर र उपमेयरको उम्मेदवारको सचिवालयसहित नगर कमिटीले सम्पर्क कार्यालय सञ्चालनमा ल्याईएको उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top