२०८०, १५ चैत्र बिहीबार

नुवाकोटमा २३१ जनाले उम्मेदवारी दिए

डबली खबर     बैशाख १२ २०७९ १२:२१

dabalikhabar nuwakot election 2078
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सदस्यको लागि नुवाकोट जिल्लामा २३१ जनाले मनोनयन दर्ता गरेका छन्।

निर्वाचन आयोगको मनोनयन दर्ताको संख्यात्मक विवरण अनुसार अहिलेसम्म दुई नगरपालिकाको प्रमुखमा ७ जना र १० गाउँपालिकाको अध्यक्षमा १० जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, नगरपालिका र गाउँपालिकाको उपप्रमुख र उपाध्यक्षमा ६/६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाभरका ८८ वडाको वडाध्यक्ष पदमा ६३ जनाले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा ३९, दलित महिला सदस्यमा १५ र सदस्यमा ८५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचनले नुवाकोटको १२ स्थानिय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य दुई खुला सदस्य गरी ४६४ जना स्थानीय तह सदस्य चयन गर्नेछन्।

अहिलेसम्म नेपालभरका ७५३ स्थानीय तहमा १२ हजार ३८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ ।

मनोनयन दर्ता हिजो आईतबार १० बजेदेखि आज साँझ ५ बजेसम्म रहेको छ।

वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरि निर्णय गरे छ। वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन र १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ भने वैशाख १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ।

उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top