+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग अन्तर्क्रिया

DAO Nuwakot Election 2079 meeting
डबली खबर
४ साल अगाडी

नुवाकोट – आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन नुवाकोटले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । निर्वाचन आचारसंहिता २०७८ प्रति जिल्लास्थित राजनीतिक दल र अन्य सरोकारवाले निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।

आईतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन आचारसंहिता कार्यन्वयनमा दलको प्रतिवद्धता र आयोगबाट दलहरुलाई निर्देशन सम्बन्धि राजनीतिक दलसँग अन्तर्क्रिया गरिएको हो ।

कार्यक्रममा जिल्ला अधिकारी रिसालले निर्वाचन आयोगले राजनीतिक दल तथा सम्बद्ध सबैमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेका छन् । आचारसंहिता चैत २५ गतेदेखि लागू भइसकेको अवस्थामा कुनै पनि राजनीतिक दलले कुनै पनि भेला वा कार्यक्रम गर्दा ७२ घण्टा अगावै प्रशासनसँग अनुमति लिनुपर्ने भएकोले भवितव्य आईपर्ने घटना हुन नदिन सबै राजनैतिक दलहरुलाईले सदाचारको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले निर्वाचन आयोगले जारी गरेको ६० बुँदे निर्वाचन आचारसंहिताको निर्देशन बारे जानकारी गराएका थिए ।

नेकपा एमालेका नेता अरुणकुमार श्रेष्ठले जिल्लाका ३८ मतदान केन्द्र सुरक्षाको जोखिममा रहेकोले भयरहित मतदाताको अधिकार सुनिश्चितता गर्न र निर्वाचन सहज रुपमा सम्पन्न गर्नुपर्ने धारणा राखे ।

नेकपा एकीकृत समाजवादीका नेता उद्धव पनेरुले निर्वाचन आचारसंहिता लागू भएतापनि जिल्लामा केहि राजनीतिक दलले आचारसंहिता उल्लंघन गरी सरकारी साधनको समेत दुरुपयोग गरिएकोमा जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराए ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले अनुगमन निकायले राजनैतिक दलको आकार र पहुँच नहेरी सबै दलहरुलाई समान रुपले नियमन गर्न ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ