२०८१, १३ बैशाख बिहीबार

एमाले अध्यक्ष केपी ओली नुवाकोट आउँदै

डबली खबर     चैत्र २७ २०७८ १७:२०

cpuml press conference in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्न नुवाकोट आउने भएका छन् ।

आज सोमबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले नुवाकोटका जिल्ला अध्यक्ष बद्रीप्रसाद मैनालीले जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली वैशाख २ गते दिउँसो १२ बजेर ३० मिनेटमा नुवाकोट आउने कार्यक्रम रहेको जानकारी दिए ।

अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न जिल्लाका नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिने कार्यक्रम रहेको छ ।

कार्यक्रमको लागि पार्टीका नेता, कार्यकर्ताहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि बनाईएको अध्यक्ष मैनालीले जानकारी दिए । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत कार्यक्रम रहेको छ ।

कार्यक्रम विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बसपार्कस्थित बालुवाटारमा हुने जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top