+
Search

ताजा अपडेट +

पपुलर +

कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकारबाट सम्मानित हुँदै श्रीराम श्रेष्ठ

shreeram shrestha nuwakot
डबली खबर
४ साल अगाडी

विदुर – “कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार” सम्मानबाट नुवाकोटका साहित्यकार एवम् पत्रकार श्रीराम श्रेष्ठ सम्मानित हुने भएको छ । काभ्रेबाट प्रकाशित हुने अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिकाको नवौं वार्षिकोत्सव अवसरमा श्रेष्ठलाई सम्मान गर्न लागिएको हो ।

नेपाली साहित्य र साहित्यिक पत्रकारितामा गरेको योगदानको उच्च मुल्यांकन गर्दै नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् साहित्यकार श्रेष्ठलाई यहि चैत्र २६ गते शनिबार पनौतीमा हुने वार्षिकोत्सव समारोहमा श्रेष्ठलाई सम्मान गर्न लागिएको अक्षरमार्ग पत्रिकाका प्रकाशक सूर्यप्रसाद लाकोजूले जानकारी दिए।

यस्तै, श्रेष्ठसहित अन्य सात स्रस्टा सम्मान गरिने भएको छ । सम्मनित हुनेमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट रोचक घिमिरे, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट गंगा सुवेदी, नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट डा. शैलेन्दुप्रकाश नेपाल, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट डा. साधना पन्त प्रतिक्षा, ध्रुबमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानबाट डा. विजय पण्डित, भारत, अक्षरमार्ग भरतराज काभ्रेली सम्मानबाट तुयुकाजी ताम्राकार र खड्गबेद अक्षरमार्ग सहयात्रा सम्मानबाट विजय राम कर्माचार्य रहेका छन् ।

साहित्यकार श्रेष्ठको जन्म २०३१ साल असार २४ गते नुवाकोट विदुर नगरपालिका-४ बट्टारमा भएको थियो । उनको ट्राफिक जाम, जीवन र विज्ञान, जिजिविषामा बाँच्ने मान्छेहरु, चिनारी, नुवाकोटको जनजीवन एक अध्ययन, केराको थाम, अनुभूति अनेक, भूकम्पको चाङ, रुखकटहर, गोरुजुधाई, आत्तिएको सडक, आगोको लप्का लगायतका कृतिहरु प्रकाशित छन् ।

यसअघि उनी बीडी त्यागी साहित्य सम्मान, मातृभूमी साहित्य सम्मान, ज्योति, दाङ साहित्य सम्मान, अन्तर्राष्ट्रिय साहित्य सम्मान, बिष्णुपुष्प साहित्य सम्मान, भानुभक्त आचार्य स्मृति सम्मान, मुरारीदेवी स्मृति सम्मान, भक्तबहादुर घले जनजाती पुरस्कार लगायत दुई दर्जनभन्दा बढी पुरस्कार र साहित्य सम्मानबाट सम्मानित भइसकेका व्यक्तित्व हुन् ।

उनले कविता, हाईकु, ताङका, सिजो, मुक्तक गीत, लघुकथा, समीक्षा, समालोचना, यात्रा स्मरण, निबन्ध, अनुसन्धानमुलक विधामा कलम चलाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ