+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता १४५ रूपैयाँ

सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता १४५ रूपैयाँ
डबली खबर
४ साल अगाडी

काठमाडौं – सनराइज बैंक लिमिटेडले संस्थापक समूहको शेयरहरू बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको १ लाख ९५ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी भरतकुमार श्रेष्ठले निजको नाममा रहेको १ लाख ९५ हजार ७ सय ५६ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो । उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता १४५ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ