+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धिमाया कर्पोरेट फुटसलको उपाधी किराना व्यवसायी समुहलाई

Winner of First Buddhimaya memorial futsal cup Nuwakot Trishuli
डबली खबर
४ साल अगाडी

नुवाकोट – जिल्लाका विभिन्न व्यवसायिक समूह बीच खेलाईएको प्रथम बुद्धिमाया कर्पोरेट फुटसल प्रतियोगिताको उपाधी किराना व्यवसायी समुहले उचालेका छन् ।

सामाजिक संस्था बुद्धिमाया स्मृति संस्थाको आयोजनामा शनिबार भएको एकदिने नकआउट प्रतियोगिताको फाइनल खेलमा किराना व्यसायी समुहले हार्डवेयर नुवाकोट समूहलाई ६-३ ले हराएर विजयी भए । हार्डवेयर नुवाकोट समूह उपविजेता भए ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विजयी र उपविजेतालाई समूहलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । विजयी समुहले नगद २५ हजार रुपैंयाँ र उपविजेताले १५ हजार रुपैंयाँ नगद पुरस्कार प्राप्त गरे ।

उपविजेता समुह हार्डवेयर नुवाकोट समूह

नुवाकोट हार्डवेयरले डिबी ट्रेड र किराना व्यवसायीले कपडा व्यवसायीलाई सेमीफाईनलमा हराउदै फाईनलमा पुगेको थियो ।

प्रतियोगितामा विजयी समुहका उत्कृष्ट खेलाडी प्रदिप हमाल र देवेन्द्र श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाल बजार प्रतिनिधि संघ नुवाकोट समुह उत्कृष्ट अनुशासित समुह घोषित भए । उत्कृष्ट खेलाडी, गोलरक्षक र समुहलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पण्डितले विदुर नगरपालिकाले जनताको समस्यालाई सम्बोधन गर्दै अपेक्षित क्षेत्रको विकाससँगै खेल क्षेत्रको पूर्वाधार विकासको साथै खेलाडी प्रोत्साहन कार्यक्रमलाई निरन्तता दिईरहेको बताए ।

आमा बुद्धिमाया श्रेष्ठको सम्झनामा स्थापना गरिएको संस्थाले सामाजिक क्षेत्रमा कार्य क्षेत्रको साथै खेलकुद, शिक्षामा कार्य गर्ने उद्देश्यले प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष तथा छोरा गणेशमान श्रेष्ठले बताए । बुद्धिमाया श्रेष्ठको दुई छोरा र तीन छोरी छन् ।

प्रतियोगितामा अजय वाइबा र सन्तोष थापाले रेफ्रीको भूमिका निभाएका थिए ।

दुई समुहमा विभाजनमा खेलाईएको प्रतियोगितामा १४ कर्पोरेट समुहहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको समुह “ए” मा मदिरा व्यवसायी, प्राविधिक, हार्डवेयर व्यवसायी, इन्स्योरेन्स, चक्रदेव हस्पिटल, नेपाल प्रहरी र डिबी ट्रेड समुह रहेको थियो । समुह “बि” मा त्रिशुली सामुदायिक बोर्डिंङ, किराना व्यवसायी, बजार प्रतिनिधि, मोबाईल व्यवसायी, होटल व्यवसायी, बैंकर र कपडा व्यवसायी समुह रहेको थियो ।

प्रतियोगिता चक्र देव हस्पिटलले प्राथमिक उपचारमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ