२०८१, १४ बैशाख शुक्रबार

वडासदस्य थापाद्वारा शिक्षा र स्वास्थ्यका लागि अक्षयकोष स्थापना

डबली खबर     चैत्र १३ २०७८ २०:३९

bidur municipality ward 1 member rupa thapa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर १ का वडासदस्य रुपा थापाले “यु कुमारी कटकबहादुर थापा अक्षयकोष” स्थापना गरेकी छिन् ।

स्वर्गीय हजुरबुवा र हजुरआमाको नाममा खडा गरिएको ६ लाख ७८ हजारको अक्षयकोषबाट प्राप्त हुने ब्याजले वडा क्षेत्रभित्रका विपन्न वर्गका नागरिकको शिक्षा, स्वास्थ्यलगायत अन्य सेवागत क्षेत्रलगायतमा सहयोग प्रदान गरिने बताइन् ।

आफु जनप्रतिनिधि भएदेखि अहिलेसम्म वडा कार्यालयबाट सेवाबापत् प्राप्त गरेको ३ लाख ७८ हजार नगदसहित परिवारबाट थप ३ लाख रुपैंयाँ गरी कुल ६ लाख ७८ रुपैंयाँको अक्षयकोष स्थापना गरिएको उनले बताइन् ।

उनले भनिन् -“आगामी स्थानीय तहको निर्वाचनमा आफु जनप्रतिनिधि भएर सेवा गर्न पाए वा नपाएतापनि विपन्न नागरिकको साथ र सहयेागको लागि सधै तत्पर रहने छु ।”

उनले ०७४ सालको स्थानीय तहको निर्वाचनमा ६६० मत ल्याई महिला सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएकी थिईन् । उनी महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकारमा सक्रिय भई कार्य गर्दै आईरहेकी छिन् ।

उनी साहित्य विधामा अब्बल छिन् । उनको सयौं कविता, गजल, कथाहरु विभिन् पुस्तक संग्रह, छापा पत्रपत्रिका, अनलाईन पत्रिकालगायतमा प्रकाशित छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top