२०७९, १२ जेष्ठ बिहीबार

देशकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा

डबली खबर     चैत्र १३ २०७८ १७:०३

subisu data center
Diyo Pathshala Montessori

काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । करिब अढाई वर्षअघि आगलागी भएको सुबिसुको कार्यालय नजिकै नयाँ डेटा सेन्टर तयार पारिएको हो ।​

कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) रामकृष्ण परियारका अनुसार आधिकारिक रुपमा डेटा सेन्टरको स्तर मापन नगरिएको भए पनि टियर २.५ रहेको छ । कम्पनीका ग्राहकको सेवालाई स्तरीय बनाउने मुख्य उद्देश्यका साथ यो डेटा सेन्टर तयार पारिएको हो । यसमा लोकल ब्यान्डविथका लागि कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) सर्भरहरू पनि रहेको उनले बताए ।

हाल डेटा सेन्टरमा १६ टेराबाइट प्रति सेकेन्ड डाउनलोड तथा अपलोड क्षमता भएको सर्भर राखिएको कम्पनीले जनाएको छ । जसमा ‘वान प्लस वान’ प्रोटेक्सन राखिएको छ ।

डेटा सेन्टरका लागि छुट्टै नयाँ बिल्डिङ तयार पारिएको छ । जसले आठ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्नसक्ने बताइएको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा आधारित यो डेटा सेन्टरमा ‘रिमोट एक्सेस’ बाट सञ्चालन गर्न सकिने सुविधा समेत रहेको छ ।

भर्टिभका लागि नेपालको आधिकारिक साझेदार समेत रहेको सुबिसुले अन्य कम्पनी तथा सङ्घसंस्थाका लागि समेत मोडुलर डेटा सेन्टर निर्माणको काम गर्दै आएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top