२०८१, १३ बैशाख बिहीबार

स्वर्गिय गाेविन्दप्रसाद पाण्डेको शालिक अनावरण

डबली खबर     चैत्र ११ २०७८ १४:१५

Statue unveiled of govidna prasad pandey nuwakot tadi kharanitar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – तादी गाउँपालिका वडा नम्बर ३ खरानीटारमा निर्माण भएको स्वर्गिय गाेविन्दप्रसाद पाण्डेको शालिक अनावरण गरिएको छ ।

शुक्रबार पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले स्वर्गीय पाण्डेको शालिक अनावरण गरेका हुन् । साथै, पाण्डेको सम्झनामा निर्मित स्मृति भवन पनि उद्घाटन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले स्व. पाण्डे समग्र जिल्लाकै व्यक्तित्व हुनुको साथै विकासवादी व्यक्तित्व रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, नेपाली काँग्रेसका सभापति रमेशकुमार महत, जगदीशनरसिंह केसीलगायतले स्व. पाण्डेको चर्चा गरेका थिए ।

तत्कालिन खरानीटार गाविसको विकास, संस्कृति, शिक्षा लगायतमा शसक्त भूमिका खल्नेमा व्यक्तिव मध्ये उनी एक हुन् ।

उनको नाममा जीवनी प्रकाशित भइसकेको छ । उनी पञ्चायतकालमा गाउँ पञ्चायतको अध्यक्ष, जिल्ला अध्यक्ष समेत थिए । साथै तत्कालिन जिल्ला विकास समितिको अध्यक्ष समेत थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top