+
Search

ताजा अपडेट +

पपुलर +

अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयर लाइसेन्स नविकरण गर्न सकिने

insurance renew online
डबली खबर
४ साल अगाडी

काठमाडौं – बीमा समितिले डिजिटल माध्यमबाट बीमा अभिकर्ता तथा बीमा सर्भेयर नवीकरण गर्ने व्यवस्थाको शुरुवात गरेको छ ।

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको सुभारम्भ गरेका हुन् । योसँगै भौतिक रुपमा बीमा समिति कार्यालयमा गएर नवीरकण गर्नुपर्ने व्यवस्थाको अन्त्य भएको छ ।

बीमा समितिका अध्यक्ष सिलवालले सेवाग्राहीको संख्या बढ्दै गएकाले सेवालाई भविष्यमा सहज होस भनेर अनलाइनको व्यवस्था मिलाएको बताए । अबको समयमा हातले काम गरेर सम्भव नभएको र काम बढ्दै गएकाले डिजिटल प्रणालीबाट लाइसेन्स नवीकरण गर्न मिल्ने अध्यक्ष सिलवालले बताए । सेवा लिदा सहज गर्नुपर्ने समितिको दायीत्व भएकाले अनलाइन माध्यमको शुरुवात गरेको अध्यक्ष सिलवाल बताउँछन् ।

डिजिटलको व्यवस्थाको शुरुवात भएसँगै धेरै भन्दा धेरैको सहभागिता बढ्ने र प्रतिस्पर्धा हुने उनको भनाइ छ । यो प्रविधिलाई राज्यले अँगालेको गन्त्यव्य रहेको उनी बताउँछन् । ‘जुन किसिमले प्रविधिमा जानु पर्ने थियो, त्यति जान सकेका छैनौ तर हामीले सकेको प्रयास गरिरहेका छौँ ।’ अध्यक्ष सिलवालले भने, ‘हिजोका दिनमा बीमा सर्भेयर र बीमा अभिकर्ताको लाइसेन्स नवीकरणका लागि मात्रै यस विभागमा १० जना कर्मचारी राख्दा पनि सहज थिएन, अवको १० वर्षमा नेपालको बीमा बजार धेरै ठुलो हुने छ, अहिलेको जस्तो म्यानुअल काम गरेर सकिँदैन्, त्यसैले अहलेदेखि नै प्रविधिलाई जोड्दै जानु पर्छ ।’

सर्भेयर एशोसिएसनका अध्यक्ष मोहन पुरुष ढकालले बीमा समितिले निर्माण गरेको सफ्टवेयरले सर्भेयरको नवीकरणका लागि सहज हुने बताए । कुनै पनि स्थानमा बसेर अभिकर्ता तथा सर्भेयरले आफ्नो लाइसेन्स सजिलै अनलाइन प्रणालीबाट नवीकरण शुल्क भुक्तानी गरेर लाइसेन्स नवीकरण गर्न सक्ने छन् ।

बीमा समितिका अनुसार हाल २ हजारभन्दा बढी सर्भेयर र २ लाख ८० हजार भन्दा बढी सक्रिय अभिकर्ता रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ