२०८१, १३ बैशाख बिहीबार

वडाध्यक्ष सडौला समाजवादीमा प्रवेश

डबली खबर     चैत्र ८ २०७८ १७:०९

raju sadaula
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला नेकपा समाजवादीमा प्रवेश गरेका छन् ।

मंगलबार बट्टारमा नेकपा एकीकृत समाजवादीद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा सडौलाले पार्टी प्रवेश गरेका हुन् ।

उनले ०७४ को स्थानीय तहको निर्वाचनमा ७१६ मत प्राप्त गरी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनले नेपाली काँग्रेसका उद्धव मुडभरीलाई २४१ मतान्तरले हराएका थिए ।

योसँगै विदुर नगरपालिकाको वडाध्यक्षमा नेकपा एमाले ६, नेपाली काँग्रेस ६ र नेकपा एकीकृत समाजवादी १ जना रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top