२०८१, १४ बैशाख शुक्रबार

अशोक लेलैण्डको मेगा सर्भिस क्याम्प सुरु

डबली खबर     चैत्र ७ २०७८ १५:०७

ashok Leyland service camp
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ – अशोक लेलैण्डले “मेघा सर्भिस क्याम्प” देशैभरी आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी आईतबारदेखि सुरु गरेको छ ।

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रबर्धित अशोक लेलैण्डको आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ लगायतको उपस्थितिमा काठमाडौंमा संयुक्त रुपमा समुद्घाटन गरिएको हो ।

योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुने जनाएको छ ।

सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।

सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ११ गतेसम्म मात्र लागु हुनेछ ।

सर्भिस क्याम्पको अफरहरु अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । ग्राहकवर्गहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top