२०८१, ६ बैशाख बिहीबार

विदुर नगरपालिकाको भेटेनरी प्रयोगशाला सञ्चालनमा

सुनिल श्रेष्ठ     चैत्र ७ २०७८ १२:२१

Bidur Municipality has its own veterinary laboratory
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाले पशु चिकित्सकसहित भेटेनरी प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

सोमबार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पशु सेवा शाखा र भेटेरिनरी प्रयोगशालाको उद्घाटन पश्चात् कार्यक्रममा बोल्दै मेयर पण्डितले जनतालाई प्रत्यक्ष परेको समस्या सम्बोधन गर्ने नै स्थानीय सरकारको दायित्व भएकोले उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको बताए ।

“कृषि र पशु आधारित कृषकहरु धेरै भएकोले कृषकका समस्यालाई प्राथमिकतामा राखेर यो कार्यक्रम सुरुवात गरेका हौँ”, उनले भने “संघीय मामिला मन्त्रालय अन्तर्गत यस किसिमको लागि कुनै पनि भेटेनरी डाक्टरको दरबन्दी नै छैन । नगरसभाले पारित गरेको भेटेनरी डाक्टरको दरबन्दी सिर्जना गर्यौं ।”

जिल्लाको भेटेनरी पशु सेवाले समयमा सेवा दिन नसकिरहेको अवस्थामा नगरले आफ्नै स्रोत र साधनबाट नगरका पशु पन्छीपालन कृषकको व्यवसाय सुरक्षित राख्न र प्रोत्साहन गर्न भेटेनरी सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

कार्यक्रममा उपमेयर गीताकुमारी दाहालले संघीय र प्रदेश सरकारले पकेट क्षेत्रको रुपमा पशुपालन व्यवसायलाई विभिन्न कार्यक्रममार्फत् बढाएतापनि पशु र पन्छीहरुमा देखिने विभिन्न रोगहरुलाई नगरमै परीक्षण गर्ने वातावरण सिर्जना गर्न सके कृषकहरुलाई सहज होस् भन्ने उदेश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको बताईन् । नगरले कृषकको समस्या समाधान गरेर कृषि व्यवसाय बनाउन सके कृषि क्षेत्रमा रोजगारीको अवसर धेरैले पाउने उदेश्यसाथ यस कार्यक्रमलाई अघि बढाएको बताईन् ।

भेटेरिनरी प्रयोगशालाबाट व्यवस्थित थुनेलो परीक्षण, गोबर जाँच तथा लार्भा परीक्षण सेवा गरिने पशु चिकित्सक सनम महर्जनले जानकारी दिए । साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण, पशु बन्ध्याकरण, कृत्रिम गर्वधान र विशेषज्ञ सेवा प्रदान गरिने छ । उक्त शाखाबाट नि:शुल्क रुपमा औषधि समेत वितरण गरिने छ । पशुपन्छीमा लाग्ने बर्डफ्लु लगायत अन्य रोगहरुको रोग परीक्षण सेवा गरिनेछ । शाखा सञ्चालनमा आएदेखि पशुपन्छीको गम्भीर प्रकृतिको रोग परीक्षणको लागि काठमाडौं लगिनुपर्ने बाध्यता हटेको उनीले बताईन् । सिमित स्रोत र साधानबाट सेवा प्रवाह गर्दा कठिनाई भइरहेको उनीले बताईन् ।

शाखाले विदुर नगरपालिकाका कृषक लगायत जिल्लाका अन्य पालिकाका कृषकहरुलाई समेत सेवा दिदैं आईरहेको छ । उक्त शाखा अन्तर्गत दुई प्राविधिकहरुले तुप्चे र देविघाटमा सामान्य सेवा शाखाबाट पनि सेवा दिदैं आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top