२०८१, १४ बैशाख शुक्रबार

प्रेस चौतारी नेपालको अध्यक्षमा पुन:बस्नेत सर्वसम्मत निर्वाचित

डबली खबर     फाल्गुन २९ २०७८ १४:३१

press chautari nepal pokhara
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पाेखरा – नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।

अध्यक्ष बस्नेतको नेतृत्वमा रहेको १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा निर्वाचित भएका छन् ।

चौतारीको उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top