२०८०, १६ चैत्र शुक्रबार

सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरे- प्रदिप ज्ञवाली

डबली खबर     फाल्गुन २३ २०७८ ०७:२७

pradip gyawali cpnuml nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को कुरा उठाएको आशंका व्यक्त गरेका छन् ।

आज प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटद्वारा बट्टारमा आयोजित पत्रकार भेटघाटमा नेता ज्ञवालीले सो भनाई राखेका हुन् । स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि नेकपा एमाले सामना गर्न तयार रहेको बताए ।

सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाएका छन् ।

स्थानिय निकाय निर्वाचनमा एमाले पहिलो दल हुने दाबी गरेका छ्न् । अघिल्लो स्थानिय निर्वाचनमा अन्य दलहरुले घोषित/अघोषित रुपमा गठबन्धन गर्दा समेत एमाले पहिलो दल भएको स्मरण गर्दै नेता ज्ञवालीले आगामी निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी गरे ।

नेकपा एमाले नुवाकोटले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका क्रममा नेता ज्ञवाली नुवाकोट आएका हुन्।  

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top