२०७९, २१ मंसिर बुधबार

नेवा: देय दबु बेलकोटगढीको अध्यक्षमा दिलबहादुर

डबली खबर     फाल्गुन २० २०७८ २०:०९

newa dabu nuwakot belakotgadhi
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

नुवाकोट – बेलकोटगढी नेवा: देय दबु: कमिटीको अध्यक्षमा दिलबहादुर मानन्धर चयन भएका छन् । योसँगै जिल्लाको दुईवटै नगरपालिकामा नेवारहरुको साझा संगठन नेवा: देय् दबू गठन भएको छ ।

नेवार समुदायको राष्ट्रिय संगठन नेवा: देय् दबुले देशभर स्थानीय तहमा कमिटी विस्तारलाई अघि बढाएअनुसार जिल्लाको बेलकोटगढी नगरपालिकामा पनि कमिटी विस्तार गरेको हो ।

नेवा: देय् दबु नुवाकोटका अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षता भएको भेलाले कमिटीको वरिष्ठ उपाध्यक्षमा पदमलाल चित्रकार, उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ र सचिवमा द्वय हरिकुमार गुरुवाचार्य र कल्पना श्रेष्ठलाई चयन गरेको छ । कमिटीको पहिलो बैठकले कोषाध्यक्ष चयन गर्ने जनाएको छ ।

सदस्यहरुमा सुन्दरलाल मानन्धर, नारायण मानन्धर, श्यामबहादुर श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, ललितमान गुरुवाचार्य, हरिबहादुर श्रेष्ठ, निराजन श्रेष्ठ, सूर्यमान श्रेष्ठ, सविन श्रेष्ठ र वसन्त श्रेष्ठ चयन भएका छन् ।

नेवा: देय दबु बागमती प्रदेशका सदस्य नरेन्द्र प्रधानले यहि फाल्गुन २८ गते शनिबार हेटौंडामा हुने बागमती प्रदेशस्तरीय भेलाको लागि प्रतिनिधि चयनको क्रममा रहेको बताए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top