२०७९, ३ भाद्र शुक्रबार

नेपाल व्यापार सर्वेक्षण सुरु, नुवाकोटका एकसय ११ व्यापारिक प्रतिष्ठानहरुको तथ्यांक सङ्कलन गरिने

सुनील श्रेष्ठ     फाल्गुन १८ २०७८ १३:४८

nepal trade survey
Diyo Pathshala Montessori

नुवाकोट – केन्द्रीय तथ्यांक विभागले यहि फाल्गुण १ गतेदेखि आगामी जेष्ठमसान्तसम्म नेपाल व्यापार सर्वेक्षण २०७८ सुरु गरेको छ ।

सर्वेक्षणमा छनौट भएका देशभरका १८ हजार व्यापारिक प्रतिष्ठानहरुको तथ्यांक सङ्कलन गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

सर्वेक्षण कार्यक्रम अन्तर्गत छनौटमा परेका नुवाकोट जिल्लाका एक सय ११ र रसुवाको २५ व्यापारिक प्रतिष्ठानहरुको तथ्यांक सङ्कलन गर्नेछन् । व्यापार सर्वेक्षणको लागि १/१ जना गणक खटाईएको छ । गणकले चार महिना अवधिमा छनौटमा परेको व्यापारिक प्रतिष्ठानहरुको चालुआर्थिकको व्यापारीक कारोबारको तथ्यांक संकलन गर्नेछन् ।

गणकले हरेक व्यापारिक प्रतिष्ठानहरु होलसेल वा खुद्राको खरिद बिक्री, आम्दानी खर्च, स्टकमा रहेको वस्तु, कर्मचारीको तलब लगायत आधारभूत सेवाहरु बिजुली, पानी, टेलिफोन इन्टरनेट, यातायात खर्चहरु समेतको तथ्यांक सङ्कलन गर्नेछन् । यस्तै, राजश्व, अन्त:शुल्क, कर, व्यवसायिक दर्ता वा नविकरण, अनुदान लगायत को विवरण गणकले सङ्कलन गर्नेछन् ।

राष्ट्रिय अर्थतन्त्रमा व्यापार क्षेत्रको योगदान अनुमान गर्ने तथा राष्ट्रिय लेखा प्रयोजनको लागि यस क्षेत्रको विद्यमान आम्दानी तथा खर्च, मुल्य अभिवृद्धि, लगानी, रोजगारी, तलब तथा ज्याला, मौज्दात र अन्य आर्थिक विवरणहरु संकलन गर्ने सर्वेक्षणको उदेश्य रहेको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top