२०८१, ७ बैशाख शुक्रबार

निर्वाचनको लागि नेकपा एमाले नुवाकाेटको जनसंगठन सक्रिय हुने

डबली खबर     फाल्गुन १७ २०७८ १४:१७

cpnuml nuwakot party
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्लामा सक्रिय २२ जनवर्गिय संगठन सम्मिलित जनसंगठन समन्वय संयन्त्रकाे पहिलो बैठक सम्पन्न गरेको छ । निर्वाचनको लागि नेकपा एमाले नुवाकाेटको जनसंगठन सक्रिय हुने सबै सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

गत शुक्रबार जिल्ला कमिटि बैठकले जनसंगठन समन्वय संयन्त्रकाे इञ्चार्ज तथा पार्टी उपसचिव निलकण्ठ आचार्यकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे हो । बैठकमा सबै जनवर्गिय संगठनकाे अवस्था र भावी रणनितीबारे छलफल भएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटि अध्यक्ष केशवराज पाण्डेले अधिवेशन हुन बाँकी रहेका जनवर्गिय संगठनकाे यही फागुनमसान्तभित्र अधिवेशन सम्पन्न गर्न र केन्द्रदेखि जिल्ला, स्थानीय तह, वडा, टोल लगायतमा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको प्रचारप्रसारमा जुट्न सक्रिय कार्यकर्ताहरुलाई निर्देशन दिए ।

बैठकमा नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा संघिय सांंसद नारायणप्रसाद खतिवडाले सबै जनवर्गिय संगठनलाई क्रियाशील बनाए मात्रै पार्टी बलियाे बन्ने धारणा राखेका छन् । नुवाकोट जिल्लाको ८८ वटै तहमा संगठन विस्तार गर्न कार्ययोजना बनाई अघि बढ्नुपर्ने बताए ।

बैठकमा एमाले केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले अनुशासित भइ पार्टीको निर्देशन पालना गर्न अनुरोध गरिन् । आगामी बैठकमा जनसंगठनहरुको गतिविधि, योजना लिखित रुपमा प्रस्तुत गर्न अनुरोध गरिन् पार्टी ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top