२०८१, १३ बैशाख बिहीबार

एमाले नुवाकोटमा कार्यविभाजन, १२ वटै स्थानीय तहमा तोकियो इञ्चार्ज

डबली खबर     फाल्गुन १४ २०७८ ०८:३९

cpnuml nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेकपा एमाले नुवाकोटको दोश्रो जिल्ला बैठकले नेताहरुको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेको छ ।

शुक्रबार पार्टी अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा बट्टारमा बसेको बैठकले बसेको जिल्ला भेलाले नुवाकोटका सबै स्थानीय तहमा इञ्चार्ज सहइञ्चार्ज, सचिव, सचिवालय, विभागीय सदस्य, जनवर्गिय संगठन तोकेको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् बागमती कमिटी अध्यक्ष केशवराज पाण्डेको प्रमुख आतिथ्यमा भएको बैठकले ४७ सचिवालय सदस्यहरु र विभागीय कार्यविभाजन विस्तारको साथै जनवर्गिय संगठनहरुमा इञ्चार्ज तोकेको छ ।

३६ सदस्यीय सचिवालय गठन भएको छ । अध्यक्ष सहितका पाँच पदाधिकारीहरु बद्री मैनाली, बुद्धिबहादुर प्रधान, सुर्दशन नेपाल, काशिराज अधिकारी र निलकण्ठ आचार्य सदस्य रहेका छन् ।

बैठकले विभागीयतर्फ पार्टी अध्यक्षलाई प्रचारप्रसार प्रकाशन विभागको जिम्मालाई निरन्तता दिएको छ । निर्वाचन विभागमा केदार थापा, संगठनमा सुदर्शन नेपाल, स्थानीय विकासमा बुद्धिबहादुर प्रधान, पार्टी स्कुलमा यमप्रसाद खतिवडाले जिम्मेवारी पाएका छन् । यस्तै, शहरी तथा गरिबी निवारणमा संजु पण्डित, जनसंगठनमा निलकण्ठ आचार्य, वित्त तथा कोष व्यवस्थापनमा काशीराज अधिकारी र विद्यार्थीमा विष्णु दाहालले जिम्मेवारी पाएका छन् ।

उक्त पुर्ण बैठकले नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ संयोजकमा सुरज शेर्पा, प्रदेश क संयोजकमा मंगलमाया प्रजापति, प्रदेश ख संयोजकमा राजेन्द्र प्रकाश पाण्डेले जिम्मेवारी पाएका छन् । यस्तै, क्षेत्र नम्बर २ संयोजकमा हरि अधिकारी, प्रदेश क संयोजकमा माधव पाण्डे, प्रदेश ख संयोजकमा रमेश वस्तीले जिम्मेवारी पाएका छन् ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले नुवाकोटको सबैमा स्थानीय तहमा इञ्चार्ज तोकेको छ । विदुरमा सञ्जिवबहादुर श्रेष्ठ, बेलकोटगढीमा गणेश खतिवडा, पञ्चकन्यामा दिपक कार्की, शिवपुरीमा श्याम लामा, लिखुमा भोला सेढाई, ककनीमा चन्द्र बलामी, सुर्यगढीमा मुकुन्द आचार्यलाई इञ्चार्ज तोकेको छ । यस्तै, तारकेश्वरमा सम्मर आले, किस्पाङमा नारायणसिं लामा र म्यागङमा काजिमान डङ्गोल र तादीमा विजय खनाललाई इञ्चार्ज तोकेको छ ।

बैठकले अन्य पार्टीबाट प्रवेश तथा पार्टीको निरन्तरतामा रहेका ४१ कार्यकर्ताहरुलाई सदस्यमा मनोनयन गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top