२०८१, १४ बैशाख शुक्रबार

दुई दशकपछि गायक समुन्द्र श्रेष्ठ कमब्याक, “एैय्या हो” बोलको गीत बजारमा ल्याउँदै

सुनिल श्रेष्ठ     फाल्गुन १३ २०७८ १६:१३

samundra shrestha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बहुचर्चित गीत “साँझैमा ए! गोरी आउन” बोलको गायक समुन्द्र श्रेष्ठ दुई दशकपछि कमब्याक भएका छन् ।

केहि सातामै गायक श्रेष्ठले “ऐय्या हो!” बोलको म्युजिक भिडीओ ल्याउने भएका छन् ।

गीतमा शब्द, संगीत गायक श्रेष्ठकै रहेको छ । भिडिओलाई सुदिप सिंहले निर्देशन गरेका छन् । गीतको प्रोमो समेत सार्वजनिक गरिसकेका छन् ।

सांगीतिक यात्रा

“साँझैमा ए! गोरी आउन” गीत एक समय ईमेज च्यानलको हिटलिष्टमा क्यौ हप्ता “नम्बर एक” रहन सफल रह्यो ।

उनको सांगितिक यात्रामा २०४९ सालतिर चारजना साथीहरु मिलेर स्माप ब्याण्ड स्थापना भएको थियो । ब्याण्ड सदस्य पवन, अजर, निरज र समुन्द्र थिए । उनले संगीतको औपचारिक शिक्षा लिन समुन्द्र डोरेमिकामा गुरुदेव कामतबाट १८ महिना गायनको शिक्षा लिए । लगभग तीनबर्षको ब्याण्डको यात्रामा देशभर दर्जनौ सांगीतिक प्रस्तुति गरेतापनि रेकर्ड भने गरेका थिएन ।

२०५२ सालतिर ब्याण्डमा साथीहरु हेरफेर मात्र भएन ब्याण्डको नाम समेत परिवर्तन भए “स्माप”बाट नयाँ ब्याण्डको नाम “स्प्रिट ब्याण्ड” नामाकरण भयो । जसमा पवन, बिजु रोबिन र समुन्द्र रह्यो ।

आफ्नै पहिलो गीत रेकर्ड पनि गरे । “तिम्रो नजर नशालु“ यस गीतलाई पनि श्रोताहरुले मन पराए । रेडियो एफएम तिरपनि बज्यो । यहि गीतको सफलतापछि एल्बम निकाल्न लागेका थिए । अन्य गीतहरु पनि क्रमिक रुपमा रेकर्ड गरे ।

“सोनिया” नामको एल्बम टेपक्यासेटमा निकाले । गीतले जुन उचाईमा पुर्यायो त्यहि रुपमा क्यासेटले प्रतिफल दिन सकेन ।

म्युजिक भिडिओ बनाउन संगीतकार स्व. आलोक नेवाङ्गसँग छलफल गर्दा “ओमाई स्विटहार्ट” बनाउन लाग्दा नेवाङ्गको सल्लाह बमोजिम “साझैमा ए गोरी आउन” बोलको गीत छायाङंकन गरेका थिए ।

जुन ईमेज च्यानलबाट प्रसारण तथा सार्वजनिक गरिएको थियो । जुन गीतले श्रोतामाझ अमिट छाप राखेको थियो । गीतको अपार सफलतापछि विभिन्न पुरस्कार सम्मान पनि दिलाएको थियो ।

स्टेज कार्यक्रमहरुमा पनि स्प्रिट ब्याण्डले प्रस्तुत गर्न व्यस्त भयो ।

जुन समय अहिले जस्तो सामाजिक सञ्जालहरु नभएको र श्रोताको क्रेज कति छ? भन्ने थाहा नहुदाँ यसलाई नै निरन्तर दिन नसकिएको गायक समुन्द्र श्रेष्ठले बताउँछन् ।

संगीतमै लगेर जीविकोपार्जन गर्न नसकिने भएर ब्याण्डका साथीहरु पनि अन्य व्यवसयमा लागे ।

“समयसँगसँगै ब्याण्डसँगको यात्रा पनि निरन्तरता हुन सकेन । गीतको श्रृजना पनि हुन सकेन। तर पनि नशा नशामा बसेको गीत संगीतको लत अन्तिम श्वाससम्म रहने भएकोले होला गितारको साथमा आफ्नै शब्दमा कयौं गीतहरु गाए, बने ।”

“ती गीतहरु आफैमा मात्र सिमित रह्यो । त्यो समय कति श्रोतामाझ पुग्यो कुनै मापन थिएन । दर्शक, श्रोताको प्रतिकृया पनि पाईदैन थियो । यसै क्रममा दुई दशकसम्म स्टेजमा र साथीभाईको जम्काभेटमा गाउने भने छोडिएन, यो क्रम चलिनै रह्यो ।”

कोरोनाले गर्दा थलिएको व्यवसाय र जनजीवन फुर्सदिला भए ।

लकडाउनको समयमा गायक दिपक ब्रजचार्यको ह्यासट्याग टिएमएमएस सामाजिक संजाल फेसबुक र युट्युबमा लाईभ प्रशारण भयो । पछि एपीवान टेलिभिजनमा प्रशारण हुन थाल्यो ।

यसैको एउटा एपिसोडमा “अभावको प्रभाव” को पहिलो प्रसारणमा २२-२३ बर्ष पहिलेको “साझैमा ए गोरी आउन” गीतसहित मेरा केही अनुभवहरु प्रसारण हुदाँ पुराना पुस्ताका र अहिलेका नयाँपुस्ता माझ चर्चाको शिखरमानै पुग्यो ।

“नयाँपुस्ताले मनपराउनु र पुरानापुस्ताले नबिर्सनुनै गीत संगीतमा पुनरागमन हुनु सिवाय अरु विकल्प नै भएन ।”

“यहि समय थाहा पाएकि मैले, मेरो क्रेज अझै रहेछ । दर्शक श्रोताले न “समुन्द्र” बिर्से न “साझैमा” गीत नै बिर्से । यहि कारण गायक दिपक ब्रजचार्यले पुन:गीत गाउन बोलाए । श्रोताको अपार माया र अनुरोधलाई मध्य नजर गर्दै त्यहि नयाँ गीत लिएर आउने वचन गरे ।”

“ह्यासट्याग टिएमएमएसनै मेरो पुनरागमनको टनिङ्ग प्वाईन्ट हो ।”

गायक श्रेष्ठसँग कुराकानीमा आधारित प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top