२०८१, १३ बैशाख बिहीबार

नेकपा एमाले विदुरको अध्यक्षमा पुन:प्रधान

डबली खबर     फाल्गुन १२ २०७८ १३:४९

cpnuml bidur nagar committee
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले विदुर नगर कमिटीको अध्यक्षमा पुन: नविन प्रधान सर्वसम्मत चयन भएका छन् ।

आज बिहीबार काठमाडौंमा बसेको नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको अध्यक्षता बसेको बैठकले नगरको नेतृत्व टुंग्याएको हो । 

प्रधान एमालेको विद्यार्थी संगठन अखिलका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य र नुवाकोट आदर्श बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन् ।

नगर कमिटीको उपाध्यक्षमा मनोज अधिकारी, सचिव अनुजकुमार श्रेष्ठ, उपसचिवमा राजकुमार केसी र भक्तबहादुर अधिकारी रहेका छन् ।

नगर अधिवेशन उद्घाटन भएको चार महिनापछि एमाले विदुर नगर कमिटीको नेतृत्व टुङ्गिएको हो । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले कातिक १४ गते बट्टारको कभर्ड हलमा गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top