नुवाकोट – नेवार समुदायको राष्ट्रिय संगठन नेवा: देय् दबुको विदुर नगर कमिटीको अध्यक्षमा विराटमान डङ्गोल सर्वसम्मत चयन भएका छन् ।
आज त्रिशुलीमा भएको घोषणासभाले डङ्गोलको अध्यक्षतामा विदुर नगरपालिकाको लागि १७ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्षमा मनिषमान राजभण्डारी, सचिवमा सरोज श्रेष्ठ, कोषाध्यक्षमा ज्ञानेश्वर अमात्य चयन भएका छन् ।
सदस्यहरुमा प्रविनकिशोर डङ्गोल, रमेशलाल श्रेष्ठ. नवराज श्रेष्ठ, पुष्प श्रेष्ठ, नविन चित्रकार, रामशरण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुरज लवट, रविन श्रेष्ठ, कुमार श्रेष्ठ र प्रविणराज श्रेष्ठ रहेका छन् ।
नेवारी समुदायको हकहित भाषा भेषभुषा कला संस्कृति, रितिरिवाजलाई जगेर्ना गर्नको लागि समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष डङ्गोलले बताए ।
नुवाकोटका १२ वटै स्थानीय तहमा नेवा: दबुको विस्तार गर्दै लगिने नेवा: देय् दबु नुवाकोटका अध्यक्ष रामप्रसाद जोशीले बताए ।
प्रतिक्रिया