२०८१, १४ बैशाख शुक्रबार

महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने, १० हजार सुरक्षाकर्मी परिचालन गरिने

डबली खबर     फाल्गुन ११ २०७८ १२:०८

Pashupatinath Temple
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मंगलबार कोषले पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको हो ।

यस वर्षको महाशिवरात्रिमा एक करोड भन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको परिषद् सदस्य सचिव डा. मिलन कुमार थापा जानकारी दिए ।

महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ जनाको मूल समारोह समिति गठन गरिएको थियो । शिवरात्रिमा सुरक्षा व्यवस्थाको लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

सदाझैं यसवर्ष पशुपतिनाथको मुख्‍य आकर्षण मन्दिर परिसर, भित्र आकर्षक गेट र मन्दिरको क्षेत्रभित्र विशेष सजावटसहित मालाहरु लगाईनेछ । मन्दिर परिसरलाई सुन्दर तथा सुसजित बनाउन डिजिटल बत्तीहरुको व्‍यवस्था गरिने जनाएको छ ।

यसैगरी पशुपति क्षेत्रका पर्खाल, भित्ताहरुमा भगवानका चित्रकलाहरु आकर्षणको केन्द्र रहने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top