२०८१, १३ बैशाख बिहीबार

प्रेस सेन्टरमा जिल्ला इञ्चार्ज तोकियो, नुवाकोटमा इच्छापूर्ण, रसुवामा कपिलदेव

डबली खबर     फाल्गुन ९ २०७८ ०९:५४

press center bagamati province
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – माओवादी केन्द्र निकट संगठित पत्रकारहरुको संस्था प्रेस सेन्टर बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा इञ्चार्ज तोकेको छ ।

बिहिबार धादिङमा बसेको दोस्रो पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन संगठनलाई चलायमान बनाउनका लागि जिल्ला इञ्चार्ज तोकिएको जनाएको छ ।

बैठकले नानीमैया विष्टलाई चितवनको, कपिलदेव खनाललाई रसुवा, अञ्जु डेम्जोङलाई काभ्रे, सन्तोष दाहाललाई सिन्धुपाल्चोक, ध्रुर्वचन्द्र खनाललाई रामेछापको इञ्चार्जको जिम्मा दिएको प्रदेश अध्यक्ष यदु गौतमले जानकारी दिए ।

यस्तै, चन्द्रकला खत्रीलाई दोलखा, गम्भीर विकलाई सिन्धुली, इच्छापूर्ण कार्कीलाई नुवाकोट, सन्तोष देवकोटालाई धादिङ र सुमन गैरेलाई मकवानपूरको इञ्चार्ज तोकेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top