२०७९, २६ श्रावण बिहीबार

किर्नेबगरमा बस दुर्घटना, ८० घाईते, तीन गम्भीर

डबली खबर     फाल्गुन ८ २०७८ १३:२१

bus accident
Diyo Pathshala Montessori

नुवाकोट – यात्रुवाहक बस किस्पाङ गाउँपालिका वडा नम्बर ३ किर्नेबगरमा दुर्घटना हुदाँ ८० जना घाईते भएको छ ।

सात गम्भीर घाईतेमध्ये तीन गम्भीर घाईते बुद्धिमान तामाङ, प्रेम बहादुर तामाङ र सिता बस्नेतलाई हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौं रिफर गरिएको त्रिशुली अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. दिपेन्द्र पाण्डेले जानकारी दिए । चार घाइतेलाई एम्बुलेन्स मार्फत काठमाडौं लागिएको उनले बताए । उनका अनुसार घाईतेहरुमा ७ जना रेड जोनमा, २८ जना पहेंलो जोनमा, ४५ हरियो जोनमा रहेको छ ।

दुर्घटनाग्रस्त बस

साल्मेबाट काठमाडौं जादैं गरेको टिमुरे यातायातको प्रदेश ३ ०१-००६ -ख १५४१ बस दुर्घटना भएको हो । बस सडकबाट करिब २०० मिटर तल खसेर खेतमा पुगेको थियो ।

सडकको कुनामा सामान रहेकोले चालकले छेउ च्यापेर लादाँ सडक भासिन गइ दुर्घटना भएको टिमुरे यातायातका अध्यक्ष ओमप्रकाश जोशीले जानकारी दिए । दुर्घटनामा परि चालक पनि घाईते भएका छन् ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासी लगायत तत्काल उद्धारमा खटेका थिए ।

घाईतेको यकिन संख्या त्रिशुली अस्पतालबाट प्राप्त आधिकारिक सूचना अनुसार समाचार सच्चाईएको छ – सम्पादक

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top