नुवाकोट – राष्ट्रिय सहकारी बैंक लिमिटेडले फाल्गुण महिनादेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकद्वारा जारी गरेको सूचना अनुसार मुद्दती निक्षेपमा बैंकले १०.७५ देखि १३.५० प्रतिशतसम्म ब्याज दिने छ । मुद्दती निक्षेपमा बैंकले १०.७५ देखि १३.५० प्रतिशतसम्म ब्याज दिने छ । बैंकले हाल ८ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
बचत खातामा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर रहेको छ । बैंकले १९ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले कर्जा तर्फ ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने छ । बैंकले हाल विभिन्न २२ प्रकारका कर्जा दिने गरेको छ । सहकारी बैंकले सहकारी संघ संस्थाको मात्रै निक्षेप संकलन गर्ने र उनीहरुलाई नै कर्जा दिने गरेको छ ।

प्रतिक्रिया