२०८१, १४ बैशाख शुक्रबार

पेशागत महासंघ नेपालमा पाठक

डबली खबर     माघ २६ २०७८ १७:३४

condep nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपाल जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा जगदीश पाठक चयन भएका छन् ।

बुधबार भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट महासंघको पहिलो जिल्ला भेलाले पाठकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेकाे हाे ।

संगठनको उपाध्यक्ष नारायणजी राई, सचिवमा बद्री नेपाल, कोषाध्यक्षमा रिता गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा देवन थापा, सम्झना पाण्डे, हरिजंग पाण्डे, रेशमप्रसाद लामिछाने र चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । बाँकी अन्य क्षेत्रका पेशागत कर्मचारीहरुलाई समेटेर थप ६ सदस्य विस्तार गरिने नवनिर्वाचित अध्यक्ष पाठकले जानकारी दिए ।

कार्यक्रम नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व सांसद राजेन्द्रप्रकाश लोहनीको प्रमुख आतिथ्यमा भएको थियो ।

नेकपा एमाले विभाजनसँगै गत असोजमा नेकपा एकीकृत समाजवादीले पेशागत महासंघ नेपाल पुनर्गठन गरेको थियो । पेशागत महासंघ नेपालमा शिक्षक संगठन, कर्मचारी संगठन, इन्जिनियर एसोशियसन, स्वास्थ्यकर्मी संघ, वन प्राविधिक संघ लगायतका संगठित संगठन हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top