२०८१, ११ बैशाख मंगलवार

आजदेखि मतदाता नामावली संकलन स्थगित

डबली खबर     माघ २५ २०७८ ०७:०५

election commission nepal nuwakot trishuli web
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।

निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ । र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताहरुले मात्रै आगामी स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

यसका लागि करिब ३५ देखि ४० दिन लाग्ने आयोगको अनुमान छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top