२०८१, १३ बैशाख बिहीबार

नुवाकोटको मतदाता २ लाख ३९ हजार ५४५

डबली खबर     माघ १४ २०७८ ०६:४७


voter statistics data of nuwakot district 2078

विदुर – जिल्ला निर्वाचन कार्यालय नुवाकोटले नुवाकोटमा मतदाता २ लाख ३९ हजार ५४५ रहेको जनाएको छ ।

कार्यालका प्रमुख राकेश गुरुङका अनुसार २०७५ देखि चालुआर्थिक वर्षको मङ्सिर मसान्तसम्म विभिन्न मतदाता संकलन कार्यक्रमबाट महिला १३ हजार २७३ र पुरुष १५ हजार ४७६ गरी २८ हजार ७४९ मतदाता थपिएको छ । तथ्यांकअनुसार चारवर्षमा २८ हजार ७४९ मतदाता थप भएको छ । ०७५ मा मतदाता ६ हजार ५३६ , ०७६ मा मतदाता ७ हजार ४ सय ६, ०७७ मा मतदाता १८० र चालुआर्थिक वर्षमा १४ हजार ६२७ मतदाता थप भएको जनाएको छ ।

voter statistics data of nuwakot district

तथ्यांकअनुसार जिल्लाको ककनीमा २२ हजार ५५८, किस्पाङमा १२ हजार ३५५, तादीमा १५ हजार १६३, तारकेश्वरमा १५ हजार ८८, दुप्चेश्वरमा १७ हजार ४७९ मतदाता रहेको छ । पञ्चकन्यामा १५ हजार ३२, बेलकोटगढीमा ३३ हजार ७८०, म्यागङमा १२ हजार ८५४, लिखुमा १५ हजार ८११, विदुर नगरपालिकामा ४४ हजार ३७५, शिवपुरीमा २० हजार ४२१ र सुर्यगढीमा १४ हजार ६२९ मतदाता रहेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभासदस्य निर्वाचन २०७४ देखि फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत महिला १ लाख २ हजार ६६०, पुरुष १ लाख ८ हजार ८६० र तेस्रो लिंगी ३ गरी २ लाख ११ हजार ५२३ मतदाता रहेको थियो ।

कार्यालयले गत मंसिर १७ बाट सुरु गरेको फोटोसहितको मतदाता नामावलीमा कोही नछुटुन्, कोही नदोहोरिन स्थानीय तहको केन्द्रमानै गएर फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो ।

यद्यपी राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार नुवाकोटमा २ लाख ६० हजार ९२० जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top