२०७९, ७ जेष्ठ शनिबार

‘शिवगढीदेखि प्रतिबन्धसम्म’ पुस्तक सार्वजनिक

डबली खबर     माघ ७ २०७८ ०९:२५

narayan nepal
nuwakot trishuli graphic web media service 2020

नुवाकोट – लेखक नारायण नेपालको पुस्तक ‘शिवगढी प्रतिबन्धसम्म’ सार्वजनिक भएको छ ।

राजनीतिक एवम् समसामयिक विषयमा कलम चलाउने नेपालले तत्कालीन नेकपा-माओवादीबाट अलग भई नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछिको राजनीतिक घटनाक्रमलाई आलोचनात्मक विश्लेषण गरेका छन् ।

कम्पन मिडिया प्रालिले बजारमा ल्याएको पुस्तकमा विप्लव नेतृत्वको नेकपाभित्रको राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा भूमिका र प्रभाव तथा पछिल्लो समय नेकपाका गतिविधिमाथि लागेको प्रतिबन्धसम्मका घटनाक्रमलाई लेखक नेपालले पुस्तकमा उल्लेख गरेका छन् ।

२०७१ सालमा कपिलवस्तुको शिवगढीमा भएको भेलादेखिको नेकपाभित्रको राजनीतिक उथलपुथल र नेपाली राजनीतिमा देखा परेका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरुको विश्लेषण पनि पुस्तकमा पाइन्छ ।

पुस्तकको बजार व्यवस्थापन बागबजारस्थित भुँडीपुराण प्रकाशनले गरेको छ ।

लेखक नेपालका यसअघि कञ्चना (गीतिकविता संग्रह), कुन्मिङ यात्रा (यात्रा संस्मरण), विद्रोही मनहरु (गजलसंग्रह), विद्यार्थी आन्दोलन र नुवाकोट (इतिहास विविध) र क्रान्तियात्राका भरियाहरु (कवितासंग्रह) प्रकाशित छन् ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top