२०८१, १३ बैशाख बिहीबार

बुद्धभुमि नेपालको आईपीओ नेप्सेमा सूचीकृत

डबली खबर     माघ ३ २०७८ १३:२७

Nepse Nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको ४० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि BHNC सिम्बोल प्राप्त गरेको छ । अब सोमबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज ९ निर्धारण गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

उक्त आईपीओ असोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र योग्य आवेदक थिए । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाको भने हात खाली भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top