२०७९, १२ मंसिर सोमबार

विदुर कल्याणकारीको अध्यक्षमा पुन: गजुरेल

डबली खबर     पुष ३० २०७८ १८:०८

amit gajurel bidur kalyanakari multipurpose cooperative
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

नुवाकोट – विदुर कल्याणकारी बहुमुखी सहकारीको २४औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट सर्वसम्मत अमित गजुरेल पुन: अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

शुक्रबार भएको अधिवेशनबाट सर्वसम्मत रुपमा गजुरेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको निर्वाचन संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष गजुरेल जिल्ला सहकारी संघ नुवाकोटको व्यवस्थापक समेत हुन् ।

सहकारीको उपाध्यक्षमा अञ्जली पाण्डे, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा बसन्त रिजाल चयन भएका छन् । सदस्यहरुमा निरबहादुर बस्नेत, सुदर्शन पाण्डे, बिनोद श्रेष्ठ, राजाराम श्रेष्ठ, तेजकुमारी लामा चयन भएका छन् ।

टेकबहादुर अधिकारी को संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन भएको छ । समितिको सदस्यहरूमा श्रीकृष्ण श्रेष्ठ र रुपेश श्रेष्ठ रहेका छन् ।

सहकारीको सल्लाहकारमा पूर्णलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सन्तोष उप्रेती र नमराज पाण्डे चयन भएका छन् ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top