२०८०, १६ चैत्र शुक्रबार

अस्पताल निर्माणका लागि नि:शुल्क जग्गादान

सरस्वती न्याैपाने     पुष ३० २०७८ १२:१६

langtang valley rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – पर्यटकिय क्षेत्र लाङटाङमा अस्पताल निर्माणका लागि स्थानिय बासिन्दाले नि:शुल्क जग्गा दान गरेका छन् ।

मकवानपुर र हेटौंडामा सञ्चालित सिद्धस्थली ग्रामिण सामुदायिक अस्पतालले आफ्नो शाखाका रूपमा मुण्डु क्षेत्रमा अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले दुई राेपनी पाँच आना दुई दाम जग्गा नि:शुल्क दिएका हुन । जग्गा दान गर्नेमा साविक लाङटाङ गाविस वडा नम्बर २ हाल गोसाइँकुण्ड गाउँपालिका ४ निवासी साेनाम दाेर्जे तामाङ, तेन्जेन स्याङवा र छिरिङ दावा तामाङ रहेका छन् ।

दान बापत् प्राप्त जग्गा रजिस्ट्रेसन पारित भई अस्पतालका नाममा जग्गाधनी प्रमाण पुर्जा बनाईएकाे मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्याैपानेकाे प्रस्तावमा मुण्डुमा अस्पताल निर्माण गर्न गृहकार्य अगाडि बढाईएकाे उक्त अस्पतालका सञ्चालक दामोदरप्रसाद गाैतमले बताए । हाल अमेरिकामा बसाेबास गर्दै आएका डा. अवन गाैतमकाे समेत सहयाेग रहने उक्त अस्पताल आगामी वर्ष २०८० भित्रमा सञ्चालनमा ल्याईने बताईएकाे छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top