२०८०, १६ चैत्र शुक्रबार

धितोपत्र बोर्डको अध्यक्ष छनौट र सिफारिस कार्यविधी तयार

डबली खबर     पुष २९ २०७८ १७:४०

SEBON
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – अर्थ मन्त्रालयले धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस सम्बन्धी कार्यविधी तयार पारेको छ ।

बोर्डको रिक्त रहेको अध्यक्ष पदमा आजसम्म आवेदन दिने अन्तिम मिति रहेकोमा अर्थले बुधबारमात्रै नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस कार्यविधी २०७८ लागू गरेको हो ।

उक्त कार्यविधी अनुरुप आवेदकहरुको विभिन्न ४ विधीमार्फत मुल्यांकन गरिने छ । जसमा सबैभन्दा बढी नम्बर शैक्षिक योग्यता, अनुभव र तालिमलाई ५५ अंक दिइएको छ ।

यसैगरी व्यवसायीक कार्ययोजनालाई ५० अंक, प्रस्तुतीकरणका लािग २५ र अन्तर्वार्ताका लागि २० अंक दिइएको छ । जसको कुल पुर्णाङ्क १५० नम्बरको हुनेछ । उक्त विधी अनुरुप शैक्षिक योग्यता अन्तरगत विद्यावारिधी गर्नेका लागि थप ५ नम्बर दिइएको छ ।

यस्तो छ अर्थ मन्त्रालयले लागू गरेको नयाँ कार्यविधी

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top