२०७९, ७ जेष्ठ शनिबार

नेकपा एमाले नुवाकोटमा बद्री मैनाली

डबली खबर     पुष २५ २०७८ १२:५९

badri mainali
nuwakot trishuli graphic web media service 2020

विदुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नुवाकोटको सातौं जिल्ला अधिवेशनबाट आगामी तीन वर्षका अध्यक्षका लागि बद्री मैनाली सर्वसम्मत चयन भएका छन् । मैनालीको नेतृत्वमा १०५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन भएका छन् ।

मैनाली बागमती प्रदेशका सांसद तथा पूर्व प्रदेश भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री समेत हुन् ।

नेकपा एमाले नुवाकोटको उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुर्दशन नेपाल, उपसचिवमा काशिराज अधिकरी र निलकण्ठ आचार्य चयन भएका छन् । कमिटीका अन्य पदहरुको नामावली भने सार्वजनिक गरिएको छैन ।

पार्टीका सचिव बुद्दी प्रधानले पनि आफूले ३० वर्षदेखि निरन्तर पार्टीमा दिएको योगदानको कारण अध्यक्ष पदको हकदार रहने बताउँदै आएतापनि अन्तिम समयमा पछि हटे ।

जिल्ला अध्यक्षमा रामशरण प्याकुरेल र ठाकुरप्रसाद गजुरेलले पनि दाबी गरेका थिए । तर, प्याकुरेल र गजुरेल भने अध्यक्षका कमजोर दाबेदार भएपछि मैनाली र प्रधान मध्ये एकलाई अध्यक्ष पदका लागि चुन्ने निर्णयमा पुगेका थिए ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top