२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा ३ हजार ७८३ मतदाता थपियो

डबली खबर     मंसिर २९ २०७८ १२:५८

new voter name list nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा ३ हजार ७८३ जनाले मतदाता परिचयपत्रका लागि दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख राकेश गुरुङले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले गत मंसिर १७ गतेदेखि २६ गतेसम्म मतदाता नामावलीमा कोही नछुटुन्, कोही नदोहोरिन स्थानीय तहको केन्द्रमानै गएर फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो ।

प्रारम्भिक तथ्यांकअनुसार जिल्लामै नयाँ दर्ता ३ हजार ७८३ जनाले मतदाता परिचयपत्रका लागि दर्ता गराएको उनले बताए । ओडीआर सेवामार्फत नुवाकोट जिल्लाबाहिर घर भएका २३ जना कर्मचारीहरुले आफ्नै जिल्लामा नाम टिपाएका छन् ।

पहिलो चरण अन्तर्गत नुवाकोटको स्थानीय तहगतमा ३ हजार २४५, जिल्ला निर्वाचन कार्यालयमा १४४ र जिल्ला प्रशासन कार्यलायमा ३९४ जनाले मतदाता परिचयपत्रका लागि दर्ता गराएका छन् । स्थानीय तहगतमा गरिएको मतदाता संकलनमा दुप्चेश्वर गाउँपालिकाका ९१०, लिखु गाउँपालिकाका ५६०, शिवपुरी गाउँपालिकाका ४०३, सुर्यगढी गाउँपालिकाका ३८९, किस्पाङ गाउँपालिकाका ३०० र ककनी गाउँपालिकाका ६८३ जनाले मतदाता परिचयपत्रका लागि दर्ता गराएका छन् ।

दोस्रोचरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, म्यागङ गाउँपालिका र तादी गाउँपालिकामा मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुदैँछ ।

नयाँ मतदाता परिचयपत्रको लागि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गरिने व्यवस्था भएकोले परिचयपत्र नबनाएकाले नाम दर्ता गर्न सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top