काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । पार्टीमा लामो समयदेखि एकछज्ञ प्रभाव जमाएका कमल थापालाई पराजित गर्दै लिङदेनले १ हजार ८४४ मत ल्याएर विजय हात पारेका हुन् । उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन् । थापाले १ हजार ६१७ प्राप्त गरेका छन् ।
पराजित भएपछि थापाले आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई दोष लगाउँदै पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
— Kamal Thapa (@KTnepal) December 5, 2021
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। pic.twitter.com/rlh14TQHBD
उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् । “सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना”, उनको भनाइ छ ।
प्रतिक्रिया