२०८१, १५ बैशाख शनिबार

गंगालाल अस्पतालको पिसीआर परिक्षण शुल्क पनि एकहजार कायम

डबली खबर     मंसिर १३ २०७८ १२:४९

sahid gangalal hospital
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विशेष चासो र निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीको पिसीआर परिक्षण शुल्क पनि अन्य सरकारी अस्पताल सरह एकहजार रुपैंया कायम गरिएको छ । सरकारी र नीजि स्वास्थ्य संस्थामा पिसिआर परीक्षण बापत लिइएको शुल्कमा एकरुपमा कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो ।

गंगालाल अस्पताल सञ्चालक समितिको अध्यक्षको हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पिसीआर परिक्षण शुल्क १७ सय रुपैंया लिँदै आएकोमा एकरुपता नभएको भन्दै चासो राख्दै एकरुपता र सुलभ मुल्य कायम राख्न निर्देशन दिनुभएको थियो । अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालहरुमा रु. एक हजार कायम छ भने विदेश जानेहरुका लागि त्रिभुवन विमानस्थल परिसरमै निजि संस्थाले एकहजार दुईसय लिइरहेका छन् ।

स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पुरा सोमबारबाटै लागु हुनेगरी रु एकहजारमै पिसिआर परिक्षण शुल्क तोकिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । ‘मुटुको शल्यक्रिया गर्ने विरामीहरुको पिसीआर गर्दा शुल्क एक हजार मात्र लिने मिल्न गरी विलीङ र सफ्टवेयर प्रणाली सोमबारबाटै कार्यान्वयनमा आएको र यसले सर्वसाधारणलाई राहत पुगेको स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।

सरकारी अस्पतालहरुमा इमरजेन्सी सेवा निशुल्क, सर्वसाधरणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्वन्धमा पनि छिट्टै निर्णय हुने बताइएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालका निर्देशक डा.अधिकारीलाई स्वास्थ्य मन्त्री खतिवडाको निर्देशन तत्काल कार्यान्वयन गरी जनताप्रति उत्तरदायी बन्न तथा पिसिआर परिक्षण शुल्क घटाउन अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top