काठमाडौं – यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।
सेवाग्राहीको आज मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिएका छन् ।
स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइटमार्फत ई-टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।
कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले अद्यावधिक गर्नुपर्ने छ ।
प्रतिक्रिया