२०८०, १६ चैत्र शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकमा ८ सयभन्दा बढीलाई स्थायी जागिरको अवसर

डबली खबर     कार्तिक १४ २०७८ १२:०९

Rastriya Banijya Bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले देशैभर आफ्नो शाखा कार्यालयका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एकैपटक ८१४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

आइतबार गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार वरिष्ठ प्रबन्धक पदका लागि २ जना, प्रबन्धक ६, उपप्रबन्धक १८, उपप्रबन्धकमा १ जना कर्मचारीको विज्ञापन आह्वान गरेको छ । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ । यसपछि भने दरखास्त दिँदा ‘दोब्बर दस्तुर’ लाग्ने बैंकले जनाएको छ ।

बैंकले तोकेको विवरणहरू अनलाइनमार्फत भर्नुपर्ने बताइएको छ । बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नू लागिएको जनाइएको छ ।

आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात ​कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूलाई कात्तिक १५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान वाणिज्य बैंकले गरिएको छ ।

अनलाईन सूचना हेर्नको लागि गोरखापत्रको अनलाईन संस्करणको वेबसाईटमा राखिएको ई-पेपरको पेज नम्बर ७ मा हेर्नसक्नुहुनेछ । लिंकको लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top