२०७८, २३ मंसिर बिहीबार
election office notice 2021

लागुऔषधसहित दुई युवक पक्राउ

डबली खबर     कार्तिक ११ २०७८ १८:०६

Jail prison
bidur tax
SEBON

नुवाकोट – लागुऔषधसहित बुधबार दिउँसो नुवाकोट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कोल्फुटारबाट खटिएको टोलीले बस चेकिङ गर्ने क्रममा विभिन्न परिणाममा अवैध लागूऔषधसहित रसुवाका दुई युवा पक्राउ परेका छन्।

बेलकोटगढी नगरपालिका-५ कोल्फुटारस्थित अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौंबाट रसुवा जाँदै गरेका प्रदेश नम्बर ३ ०१ ००६ ख ०४०१ नम्बरको यात्रुबाहक बसमा सवार रसुवाको कालिका गाउँपालिका-२ घुम्तीका २३ वर्षीय रामलाल वाईवा र विजय तामाङ पक्राउ परेका हुन् ।

नियन्त्रित लागुऔषधमा वाईवाबाट नाईट्राभेट २६ ट्याबलेट, स्टागन १० ट्याबलेट, KOFCABD ५ ट्याबलेट र ट्यामा ६ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, तामाङबाट नाईट्राभेट १२ ट्याबलेट बरामद गरिएको छ ।

पक्राउ परेका रोका माथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।




Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top